बुधबार, २७ अगस्ट २०२५

एमबाप्पेलाई प्लेयर अफ दि इयर र युवा वर्ष खेलाडीको अवार्ड

News Image
तस्बिरः एजेन्सी
• • •

फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले प्लेयर अफ दि इयर अवार्ड जितेका छन्।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीसमेत रहेका एम्बाप्पेले फ्रेन्च लिग वानमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेकाले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड हात पारेका हुन्।

युवा वर्ष खेलाडीको अवार्डसमेत हात पारेका एम्बाप्पेले गए राति अवार्ड लिएका हुन्। यो सँगै एम्बाप्पेले लगातार तेस्रो सिजन वर्ष युवा खेलाडीको अवार्ड जितेका हुन्।

पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका उनी फ्रेन्च लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका छन्। उनले यो सिजन ३२ गोल गरेका छन्।

सोमबार, जेठ ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)