शनिबार, १६ अगस्ट २०२५

भेनेजुएलाका कुटनीतिज्ञहरु निष्काशन गर्न आदेश

News Image
तस्बिरः एजेन्सी
• • •

मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ ।

वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलार्य जानकारी दिइसकेको पनि जनाइएको छ ।

आइतबार, कार्तिक १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!