बुधबार, १३ अगस्ट २०२५

कर्णालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार छाडी पहुँचवालाको छनोट : काम नाला सफा गर्ने र झार उखेल्ने

News Image
पूर्णबहादुर खड्का
• • •

सुर्खेतः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम निकै तामझामका साथ ल्याएको थियो। कर्णाली प्रदेशमा पनि यो कार्यक्रम तामझामका साथ शुरु भयो। तर, बेरोजगार युवालाई भने समेट्न सकेको छैन।

यो कार्यक्रममा अधिकांश स्थानीय तहले सडक र नाला सफा गर्ने, झार उखेल्ने, सिँचाई, खानेपानी लगायतका योजना मर्मत सुधारका नाममा बजेट सक्ने काम गरिरहेका छन्।

सुर्खेतका स्थानीय तहका विभिन्न वडामा कामदारहरु ड्रेससहित हातमा कुटो, कोदाली र बेल्चा लिएर काम गरिरहेका छन्।  यसरी खटाइएका अधिकांश कामदार भने सडक र नाला सफाइ गर्ने, झार उखेल्ने काम गरिरहेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा शुक्रवारदेखि शुरु भएको प्रधानमन्त्री रोजगारका कामदारले नालीको फोहोर उठाइरहेका छन्। उनीहरुले वडा सडकका नालीको फोहोर उठाउने र सफा गर्ने काम गरिरहेका छन्।

झण्डै ३५ जना कामदारले हटलाइन सडक र दुवैतर्फको नाला सफा गर्ने काम गरे। वडामा करिव ५०० बढीले रोजगारीका लागि फाराम भरेको भन्दै योग्य कामदारलाई छनौट गरी काम सुरु गरिएको वडाअध्यक्ष निलकण्ठ खनाल बताउँछन्।

बुधबार, असार १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)