बिहिबार, २१ अगस्ट २०२५

नेकपाको भातृ संगठनको विवाद टुंगियो, कार्यालय पेरिसडाँडामा रहने

News Image
बीएल
• • •

नेपाल कम्युनिष्ट पार्टीको युवा भातृ संगठनको विवाद साम्य भएको छ। गत मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले युवा भातृ संगठनको नाम ‘राष्ट्रिय युवा संघ नेपाल’ तोकेको छ।

त्यसैगरी तत्कालिन नेकपा एमालेको युवा संघले प्रयोग गर्दै आएको झन्डामा सहमति भएको छ

एमाले र माओवादी केन्द्रबीच पार्टी एक भएको लामो समयपछि उक्त संगठन बिच एकीकरण भएको थियो। यति बेला संयोजक र सह संयोजक चयन गरिएको थियो।

माओवादी निकट वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखलाई संयोजक चयन गरिएको थियो भने एमाले निकट युवा संघका अध्यक्ष रमेश पौडेललाई सह संयोजक चयन गरिएको थियो।

तर नाम र संगठनले प्रयोग गर्ने झण्डाका बारेमा भने विवाद कायमै थियो। सोही कारण संगठन भित्र चरम विवाद हुँदै आएको थियो। शीर्ष नेताको बैठकपछि संगठनको कार्यालय पेरिसडाँडामा राखिने सहमति भएको छ।

बिहिबार, श्रावण ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)