बिहिबार, २१ अगस्ट २०२५

श्रीलंकाली राष्ट्रपतिले भने–हम्बनटोटा बन्दरगाह ९९ वर्ष चीनलाई दिनु गलत

News Image
Agency
• • •

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतबाया राजपक्षेले हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई लिजमा दिने अघिल्लो सरकारको निर्णय गलत भएको बताएका छन्। उनले पछिल्लो सरकारको सम्झौंतामाथि छलफल भइरहेको बताए। 

उनले लगानीका लागि ऋण उपलब्ध गराउनु अर्को कुरा भएको तर रणनीतिक र महत्वपूर्ण बन्दरगाह पुरै चीनलाई सुम्पिनु गलत भएको बताए।

उनले यसमा सरकारको नियन्त्रण आवश्यक भएको बताए। चीनले श्रीलंकाद्धारा ऋण भरपाई नगरेको कारण देखाउँदै २०१७ मा हम्बनटोटा बन्दरगाहलाई आफ्नो अधिनमा लिएको थियो।

राजपक्षेंले श्रीलंकालाई तटस्थ राष्ट्रको रूपमा आफूले हेर्न चाहेको बताए। उनले चीन र भारतबीच चलिरहेको शक्ति संघर्षको बीचमा आफू उभिन नचाहेको बताए। यसै महिना श्रीलंकामा भएको राष्ट्रपतिको निर्वाचनमा गोतबाया राजपक्षेंले जित हात पारेका थिए।

उनले १८ सेप्टेम्बरमा सपथ लिएका थिए।

मंगलबार, मंसिर १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)