बिहिबार, १४ अगस्ट २०२५

गुल्मी पहिरो : १३ को मृत्यु, बस्तीनै बिस्थापीत

News Image
तस्बिरः बिएल
• • •


गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरीएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घाका ४ घर पहिरोले पुरेको थियो।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन्। उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्।

बिहिबार, श्रावण ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)