बिहिबार, १४ अगस्ट २०२५

बग्राम सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते

News Image
तस्बिर:एजेन्सी
• • •

अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ।

उक्त इलाकामा स्थानीय समयानुसार बुधबार बिहान ५ः५० बजे दुई वटा भीषण विस्फोट भएका थिए। आक्रमणकारीको पहिलो समूहले सैन्य शिविरको दक्षिणतर्फ बाहिरी इलाकामा दुई वटा बम विस्फोट गएका थिए । सो विस्फोटमा परी सयौं घर, पसल र एक मस्जिदमा क्षति भएको सो टेलिभिजन च्यानलले जनाएको छ।

लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए। उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र भारी हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ।

जिल्ला प्रहरी प्रमुख अब्दुल शाकोरले बग्राम हवाई अखडा नजिकै भएको उक्त आक्रमणमा परी एकको मृत्यु हुनुको साथै ५० भन्दा बढी गाउँले घाइते भएको प्रारम्भिक सामाचारमा जनाइएको छ। उक्त विस्फोटनबाट ठूलो क्षति भएको उहाँले थप जानकारी दिएका छन्।

गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

आक्रमणपछि अफगानी र अमेरिकी सेनाले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखेका छन्। पर्वान प्रान्तको बग्राम सैन्य शिविर अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको छ।

यस सैन्य शिविरबाट १८ वर्षदेखि अमेरिकी र नेटो सेनाको अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि सेवा गर्दै आएको छ।

बुधबार, मंसिर २५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)