बुधबार, १३ अगस्ट २०२५

छोरीको हत्यागरी फरार रहेका बाबु १९ वर्षपछि पक्राउ

News Image
तस्बिरः बिएल
• • •

१९ वर्षअघि आफ्नै छोरीको हत्या गरी फरार रहेका बाबु पक्राउ परेका छन्। १५ वर्षीया छोरी कान्तीका लोनियाको हत्या गरी फरार रहेका रूपन्देही विष्णुपुरा–९ का ६३ वर्षीय पूर्णवासी लोनियालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले लोनियालाई बुधबार भैरहवास्थित मालपोत कार्यालय नजिकबाट पक्राउ गरेको हो।

पक्राउ परेका लोनियालाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार २०५४ साल साउन २३ गते लोनियालले १५ वर्षीया छोरी कान्तिकाको घरमै हत्या गरेका थिए।

हत्यापछि लोनियाले छोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेका थिए।

प्रहरी अनुसन्धानबाट उनले छोरीलाई बारम्बार यातनासमेत दिने खुलेको छ।

लोनियाले छोरीको हत्या गरी घरदेखि एक किलोमिटर टाढाको घाटमा लगेर खाल्डो खनेर पुरेका थिए।

प्रहरीका अनुसार गाँउका महिलाहरू घाँस काट्न जाने क्रममा खेतमा मान्छेको कपालका रौं ,चुरा, कपडाका टुक्रा तथा हड्डी र खेतको मेडीमा खनेको माटोका दुई वटा प्वालबाट मानिसको टाउको देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धान गर्दै जाँदा प्रहरीले २०५४ भदौ १३ गते हत्याबारे पत्ता लगाएको थियो। उक्त शव कान्तिकाकै भएको पत्तो लागेपछि सोधपुछका लागि लोनियालाई बोलाइएको थियो। तर, उनी फरार भएका थिए।

शव उत्खनन गर्दा प्रहरीले त्यसबेला कान्तिकाको टाउको छुट्टिएको र आँखा नभएको कंकाल फेला पारेको थियो।

गाउँलेहरूले लोनियाले नै छोरीको हत्या गरेको उजुरी प्रहरीकहाँ दिएका थिए।

बिहिबार, भाद्र १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)