शुक्रबार, १५ अगस्ट २०२५

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

News Image
• • •


झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो।

मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन्। झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले जानकारी दिए। अभियानलाई जिल्लाभरीनै लागु गरिने पनि उनले बताए।

सोमबार, भाद्र १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)