बिहिबार, १४ अगस्ट २०२५

संविधान दिवस '२०७६' को उपलक्ष्यमा वृक्षारोपण

News Image
बिएल
• • •

संविधान दिवस '२०७६' को उपलक्ष्यमा काठमाडौंमा वृक्षारोपण गरिएको छ । काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा त्रिपुरेश्वर चोकदेखि सुन्धारा नागस्थानसम्म सडकको पश्चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा कपुर, पोयले र कल्की जातका गरि करिव २५० वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका महानिर्देशक आभा श्रेष्ठ, काठमाडौं महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठ, नेपाली सेनाको उपत्यका पृतना हे.क्वा. अन्तरगतका सकलदर्जालगायत अन्य व्यक्तिहरु समेत उपस्थिती रहेको थियो ।

मंगलबार, भाद्र ३१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)