शुक्रबार, १५ अगस्ट २०२५

त्रिभुवन विमानस्थलमा अवतरण प्रभावित, जहाजहरु आकासमै होल्ड

News Image
फाइल तस्बिर
• • •

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ । ७ वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

आन्तरिक उडान भने सामान्य छन् ।

बिहिबार, आश्विन ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)