बुधबार, १३ अगस्ट २०२५

नर्सिङ केयरगिभरमा जापान जान लिइने भाषा परीक्षामा कामदार लक्की ड्रमार्फत छनोट हुने

News Image
फाइल तस्बिर
• • •

काठमाडौं- नर्सिङ केयरगिभरका लागि जापान जाने श्रमिकहरु भाषा परीक्षामा सामेल हुन 'लक्की ड्र'मार्फत सामेल हुन पाउने भएका छन्। लक्की ड्रमा सहभागी हुनका लागि अनलाइन आवेदन दिनुपर्ने जापान फाउन्डेसनले जनाएको छ।लक्की ड्रका लागि शुक्रबारदेखि नै अनलाइन आवेदन खुलेको जापान फाउन्डेसनले जनाएको हो। आगामी अक्टोबर ३ सम्म आवेदन फारम भर्न सकिने फाउण्डेसनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै जनाएको छ। लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन।

जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो। लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ। जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ। भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ।

शनिबार, आश्विन ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)