बिहिबार, १४ अगस्ट २०२५

इङ्लिस प्रिमियर लिग: युनाइटेडले आर्सनसँग प्रतिस्पर्धा गर्दै

News Image
तस्बिरः एजेन्सी
• • •

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा आज (सोमबार) राति दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

यस सिजन मध्यम प्रदर्शन गरिरहेको दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । घरेलु मैदानमा युनाइटेड तेस्रो जितको खोजीमा रहनेछ ।तर, युनाइटेडलाई आर्सनलको कडा चुनौती रहनेछ ।

युनाइटेड लिगको ११ औं स्थानमा छ । उसले ६ खेलबाट मात्र ८ अंक जोडेको छ । आठौं स्थानमा रहेको आर्सनलको ६ खेलमा ११ अंक रहेको छ ।

सोमबार, आश्विन १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)