बिहिबार, १४ अगस्ट २०२५

यसरी आयो चिनियाँ राष्ट्रपति सि जिनपिङको सुरक्षा रेकी गर्न विशेष विमान (भिडियोसहित)

News Image
तस्बिरः बिएल नेपाली सेवा
• • •

आगामी असोज अन्तिम साता हुने चिनियाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणका लागि बुधबार चिनियाँ विशेष विमान काठमाडौं आएर फर्किएको छ।

बुधबार दिउँसो साढे एक बजे एअर चाइनाको बोइङ ७४७–८०० सिरिजको विशेष जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

जहाजले यहाँको विमानस्थल, रनवे, पार्किङ स्थल तथा सुरक्षा व्यवस्थाबारे बुझेको थियो। विमानमा चिनीयाँ राष्ट्रपति सी जिन पिङको सुरक्षा अधिकारीको टोली थियो। जहाज करिब डेढ घन्टा बसेर फर्किएको छ।

बुधबार, आश्विन १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)