
काठमाडौं।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ। जसमा चालु तर्फ १९ अर्व ११ करोड ९७ लाख ३८ हजार र पूँजिगत तर्फ १९ अर्व २६ करोड ५४ लाख ६४ हजार रहेको छ।
चालू तर्फ ४९.८१ प्रतिशत र पूँजिगत तर्फ ५०.१९ प्रतिशत बजेट छुट्याएको छ ।
प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थय, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो। सरकारले प्रस्तुत गरेको बजेटमा बेटी पढाउ बेटी बचाउ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ।
मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत धार्मिक सम्पदा संरक्षण, जलाशय संरक्षणका लागि ३१ करोड ३३ लाख रुपैया बजेट छुट्याइएको छ ।
कृषिमा आधुनिकीकरण ल्याउन प्रत्येक पालिकामा एउटा कस्टम हेयरिङ सेन्टर निर्माणका लागि २० करोड रुपैया छुट्याइएको छ ।
प्रदेस सांसदलाई ३ करोड
प्रदेश नम्बर २ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ ।
प्रदेश सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट पेश गर्दै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेस सांसदहरुका लागि ३ करोड रकम पुर्याइएको जानकारी दिए ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया