शुक्रबार, १५ अगस्ट २०२५

प्रदेश १ र २ को सीमा विवाद : जग्गाको तिरो तिर्न उदयपुर, नागरिकता बनाउन सिरहा

News Image
• • •

उदयपुरः ‘दैनिक जीवनयापनका अन्य सरकारी काम गर्न प्रदेश २ को सिरहा पुग्नुपर्छ। तर जग्गाको तिरो अर्थात् कर तिर्न प्रदेश १ को उदयपुर पुग्नुपर्छ' प्रदेश २ को सिरहा जिल्लाको धनगढीमाई नगरपालिका १४ र प्रदेश १ को उदयपुरको कटारी नगरपालिका ६ आम्वास सरेका स्थानीय भिमा ठकुरीले भने, ‘हामी प्रदेश १ का हौँ कि प्रदेश १ का हौँ। कुनै पनि टुंगो छैन।’ जग्गा धनी पुर्जा देखाउँदै ठकुरीले पुन थपे, ‘देशमा परिवर्तन आएर प्रदेश बन्यो। तर, हामी कुन प्रदेशका हौँ भन्नै कुनै पनि टुंगो नलागिकन मरिने भइयो।’ ठकुरी जस्तै गुनासो गर्ने त्यही कै अर्की विष्णुमाया गिरि पनि छन्। ‘वर्षमा एक पटक तिरो तिर्न जानु पर्छ भनेर जान्छौं’, उनले फलैँचामा जग्गाधनी पुर्जा देखाउँदै भनिन्, ‘जग्गालाई बैंकमा राखेर ऋण लिनु पर्‍यो भने दुई तीन समय लिएर उदयपुर जानु पर्छ।’

बिहिबार, आश्विन २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)