बिहिबार, २८ अगस्ट २०२५

चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

News Image
तस्बिरः बिएल
• • •

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्ला एक्लै भेटवार्ता भएको छ।

दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार (हिजो) काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता भएको हो। भेटमा आपसी हित र सम्बन्धको बारेमा कुरा भएको उहाँको सचिवालयले जनाएको छ ।

त्यसअघि नेकपाका सचिवालय सदस्यहरुसँग सीको सामूहिक भेटवार्ता भएको थियो।

शनिवार अपराह्न नेपाल आएका सीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

सीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र दुईपक्षीय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सी आजै दिउँसो चीन फर्कनेछन्।

आइतबार, आश्विन २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!