बिहिबार, २१ अगस्ट २०२५

चिर्पट प्रहार गरेर बुहारीले गरिन् ससुराको हत्या

News Image
सांकेतिक तस्बिर
• • •

घरायसी विवादमा ससुराको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका १२ गेलु बस्ने २१ वर्षीया बुहारी पार्वती आछामी रहेकी छिन् ।

मगंलबार घरमा बुहारी र ससुरा मात्रै रहेको समयमा बुहारीले चिर्पट प्रहार गरेर ससुरा डिकबहादुर आछामीको हत्या गरेकी थिइन् । ससुराको हत्यापछि उनले गाउँमा ससुरा मृत अवस्थामा भेटिएको भन्दै होहल्ला गरेकी थिइन् ।

प्रहरीले घटनास्थलको प्रकृति हेर्दा मृतक डिकबहादुरको हत्या भएको आशंका गरेपछि बुहारी पार्वती आछामीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछको क्रममा उनले चिर्पट प्रहार गरी ससुराको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रविभुषण यादवले जानकारी दिए ।

बुधबार, आश्विन २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)