बुधबार, १३ अगस्ट २०२५

अवैध चाँदीसहित दुई भारतीय पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

प्रहरीले अवैध रुपमा चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा भारतको पलिया घर भएका ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीय सुवोद बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुले अवैध रुपमा चाँदीका पाउजु झोलामा राखेर बिक्री गर्न लागेको सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट ९३८ ग्राम चाँदी बरामद गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बरामद गरिएको चाँदी आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

सोमबार, कार्तिक ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)