बिहिबार, १४ अगस्ट २०२५

‘ह्याप्पी तिहार, चिसो वियर’ युट्युबबाट हटाएसँगै छुटे गायक दुर्गेश थापा

News Image
फाइल तस्बिर
• • •

विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको छ। तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार बालाजुबाट पक्राउ पक्राउ परेका थिए ।

 गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै छाडिएको एसएसपी थापाले बताए।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको थियो ।

चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएपछि प्रशासन कार्यालयले यस विषयमा बुझ्न अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि उनलाई पक्राउ गरेको हो ।

 

मंगलबार, कार्तिक ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)