बिएल संवाददाता
दुई वर्षपछि एउटै–कित्तामा उभिएका केपी शर्मा ओली (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ (माओवादी) को सत्ता–स्वार्थ ६२ दिनमै भत्किएको छ। बालकोटस्थित बार्दलीको पूर्वसर्तअनुसार केपी शर्मा ओलीको एमालेलाई राष्ट्रपति दिन राजी भएनन्, प्रचण्ड। बरु शेरबहादुर देउवाको कांग्रेसलाई सुम्पिए त्यो पद।
प्रधानमन्त्री पदको तीव्र आकांक्षा बोकेर बालुवाटार–बालकोट दौडिरहेका प्रचण्डलाई दुई महिनाअघि ओलीले सिंहदरबारको तिर्खा मेटाइदिए। तर प्रचण्डले दुई महिनापछि उनै ओलीसँग सम्बन्ध विच्छेद गरेका छन्।
नेपाली संसदीय राजनीतिको रंगमञ्चमा यो नौलो दृश्य होइन। बेलाबेला चलिरहन्छ, सत्ता टुटाउने–फुटाउने वा जोड्ने चर्तीकला। चित्रबहादुर केसी र प्रेम सुवाल मात्रै प्रतिपक्ष रहेको संसदमा सबै सत्तापक्ष छन्।
अब हेरौँ– एमाले के गर्छ? सरकारबाट हट्छ कि हटाइन्छ? त्यसो त राजनीतिक कोर्स ४ मंसिरमै फर्किएको छ। अर्थात् ‘घुमिफिरी रुम्जाटार’। ओली, देउवा वा प्रचण्ड चतुर होइन, अस्थिर हुन्। उनीहरू सत्ता स्वार्थका लागि शाक्ति राष्ट्रसामु लम्पसार परिदिन सक्छन्। भलै, प्रचण्ड अलिक अब्बल होलान्। तर सबै पात्र उस्तै हुन्, उस्तै छन्।
नेपालमा अनेकौं दल छन्। तर विचार शून्य छ। तर उनीहरू सत्ता–स्वार्थ भने चरम बिन्दूमा छ। यी दलका नेताहरू तीन थान सांसद पद जितेपनि सिंहदरबार पस्न आतुर हुन्छन्। विचारविहीन दलको पुच्छर समातेर हिँडिरहेका तल्लो तहका नेता–कार्यकर्ता न दुःखी छन्, न खुसी। उनीहरू सत्ता आउँदा हाँस्छन्, रमाउँछन्। सत्ता गुम्दा सामाजिक सञ्जालमा गाली बर्साउँछन्। जस्ता नेता, उस्तै कार्यकर्ता।
नेपाली सत्ता राजनीति एउटै लयमा नबग्ने भाे। बाँडिचुडी विभिन्न पद खाइरहेकै छन्, नेताहरूले। किन छक्क पर्नु– आफू शीर्ष ‘बिन्दू’मा उक्लिनका लागि ‘छेपारोले झैँ रंग फेर्नु’ नेताहरूको पुरानै शैली हो। भलै, प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा होलान्? जो जता गएपनि सेवासुविधा पाइहाल्छन्। प्रधानमन्त्री भइहाल्छन्। राष्ट्रपति पद आइहाल्छ। बाँकी जनताले भोट दिइहाल्छन्। हाम्रो पनि शुभकामना छँदैछ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया