
बिएल संवाददाता
बलिउड अभिनेत्री राखी सावन्तमाथि गिरफ्तारीको तरवार लटकिएको छ।
पूर्व श्रीमानको ‘अश्लील भिडियो लिक’ प्रकरणमा नायिकालाई कारबाही हुनसक्छ। यस्तो अवस्थामा अभिनेत्री सर्वोच्च अदालत पुगेकी छन्। जसको सुनुवाई अप्रिल २२, २०२४ मा हुनेछ।
अभिनेत्री राखी सावन्तका पूर्वश्रीमान आदिल खान दुर्रानीले राखीले आफ्ना केही व्यक्तिगत भिडियोहरू लीक गरेको आरोप लगाएका छन्। उनले एफआईआर दर्ता पनि गराएका छन्।
श्रीमानले लगाएकाे आराेपबाट बच्नका लागि अभिनेत्रीले अग्रिम जमानत याचिका दायर गरेकी थिइन्। तर बम्बे हाइकोर्टले यस मुद्दामा कडा आलोचना गर्दै राखीको याचिका खारेज गर्यो।
याचिका खारेज भएपछि अभिनेत्री राखी सावन्त सर्वोच्च अदालत पुगेकी छिन्। मुद्दाको सुनुवाई अर्को अप्रिल २२ मा हुनेछ।
अभिनेत्रीलाई भारतीय दण्ड संहिताको धारा ५०० अन्तर्गत मानहानीको र धारा ३४ (राखी सावन्त भिडियो लीक केस) अन्तर्गत अपराध गर्ने उद्देश्यले यौन सामग्री प्रकाशित गरेको आरोप छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया