
बिएल संवाददाता
बलिउडका अभिनेता शाहरुख खान दर्शकहरूकाे मनमा बस्न सफल छन्। लामो समयदेखि उनले आफ्नो फिल्मबाट मानिसलाई मनोरञ्जन दिइरहेका छन्। सन् २०२३ किंग खानका लागि उत्कृष्ट वर्ष रह्यो।
एकै वर्षमा उनका तीन वटा चलचित्र रिलिज भए र तीनवटै चलचित्रले दर्शकको अत्याधिक माया पाए।‘पठान’-‘जवान’ले धेरै नाफा कमाए। अहिले शाहरुखका फ्यानहरू उनको आगामी प्रोजेक्टको प्रतिक्षामा छन्।
उनीसँग धेरै ठूला परियोजनाहरू छन्। तर अहिले फिल्मबाट नाम र दाम कमाएका उनी कुनैबेला फिल्ममा कामै गर्न चाहदैनन् थिए।
धेरै कम मानिसहरूलाई थाहा छ कि शाहरुख खानको करियरको सुरुवाती चरणमा अभिनेता तथा निर्माता विवेक वासवानीले उनलाई धेरै सहयोग गरेका थिए।
हालै विवेक वासवानीले शाहरुखकी आमाको अन्तिम इच्छा सबैसामु खुलाएका छन्।
सबैलाई थाहा छ, शाहरुख खानले सन् १९८८ मा टिभी सिरियल ‘फौजी’ बाट आफ्नो करियर सुरु गरेका थिए। उनले धेरै वर्ष टिभीमा आफ्नो अभिनय देखाए।
उनी टिभीमा मात्रै करियर बनाउन चाहन्थे। तर उनकी आमा उनलाई ठूलो सुपरस्टार बनेको हेर्न चाहन्थिन्।
आमाको सपना
शाहरुख खान र विवेक वासवानी मिल्ने साथी हुन्। दुबैले ‘जोश’, ‘राजु बन गया जेन्टलम्यान’, ‘किंग अंकल’, ‘अंग्रेजी बाबु देसी मेम’, ‘दुल्हा मिल गया’ जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन्।
आफ्नो र शाहरुखको मित्रताको बारेमा कुरा गर्दै विवेकले शाहरुख खानले कसरी फिल्ममा प्रवेश गर्ने निर्णय गरेको समेत खुलाए। शाहरुख खान सन् १९९१ मा आमाको मृत्युपछि उनको सपना पूरा गर्न मुम्बई छिरेका थिए।
विवेकले भने, ‘एकदिन उनी आएर मलाई भने कि म फिल्म खेल्न चाहन्छु। मैले उसलाई भनेको थिएँ कि तिामी टिभीमा मात्र काम गर्न चाहन्छौं। किन फिल्म खेल्ने? त्यसले शाहरुखले भने कि उनलाई आफ्नो आमाको सपना पूरा गर्नुछ।’
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया