बिएल संवाददाता
सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिलाे ब्राण्डिङ शो 'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको आठौंशृंखलामा हामीले नोभा मिल्कलाई प्रस्तुत गरेका छौं।
नेपालमा नयाँ नयाँ खाद्यजन्य उद्योग धमाधम खुल्दैछन्। आम नागरिकको माग अनुसार नेपालमा उद्योग कलकारखानासँगै नयाँ-नयाँ ब्रान्ड पनि भित्रिएका छन्।
नेपालमा करिब डेड दशकदेखि खाद्यान्नसहित विभिन्न सामान उत्पादन गर्दै आएको कर्मचार्य ग्रुपको पनि एक छुट्टै इतिहास छ।
कर्मचार्य ग्रुपका उत्पादनले पछिल्लो समय बजारमा राम्रो प्रभाव जमाउन थालेका छन्। कर्माचार्य डाईजेस्टीभ बिस्कुट बजारमा लोकप्रीय छ। त्यसैगरी कोशेली हेल्थ तेलको पनि बजार राम्रै छ। त्यतिमात्र होइन पछिल्लो समयमा नोभा दुधलगायत डेरीजन्य उत्पादन र चकलेटका परिकारले पनि राम्रै बजार पाईरहेको छ।
पोखराबाट सुरू भएको नोभा मिल्कले उत्पादन र बजार बिस्तार पछिल्लो ७ वर्षयता काठमाडौंबाट पनि भइरहेको छ।
शुद्धता र ताजाको प्रतीकका रूपमा मानिने नोभा दूधजन्य उत्पादनलाई निकट भविश्यमा चितवन, जनकपुर लगायतबाट समेत उत्पादनको लक्ष्य राखेको छ।
‘हामी प्रोडक्टको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं, तपाईँहरू मात्र एक पटक हाम्रो प्रोडक्ट प्रयोग गर्नुहोस् त्यसपछि आफैं थाहा पाउनुहुनेछ’, कर्माचार्य ग्रुपका ब्राण्ड म्यानेजर निकेश श्रेष्ठले भने।
कर्मचार्य ग्रुपको उत्पादनले कसरी पाए बजार? अनि कस्तो छ अहिलेको अवस्था, भावी रणनीति र चुनौतिका विषयमा आजको बिएल ब्राण्ड स्टोरीमा कर्माचार्य ग्रुपका ब्राण्ड म्यानेजरनिकेश श्रेष्ठ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया