बिएल संवाददाता
जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू विरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका छन्।
यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए।
न्यायाधीश म्याकफीले स्पष्ट गरे कि राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने अधिकार छैन। यस सम्बन्धमा उठेका मुद्दा संघीय अदालतमा दायर गरिएको कागजातसँग जोडिएका थिए, जुन संघीय प्रक्रिया अन्तर्गत आएको थियो।
फुल्टन काउन्टीका न्यायाधीशले यसअघिको निर्णयमा भने कि ट्रम्प विरुद्धको बाकी आठ मुद्दामा मुद्दा जारी रहनेछ।
यी मुद्दामा ट्रम्प र उनका १४ सहयोगीहरूलाई दोषी ठहराउने प्रयास गरिएको छ। ट्रम्प र उनका सहयोगीहरूले यी आरोपहरूको बारम्बार खण्डन गरेका छन्, र उनीहरूले आफ्ना गतिविधिहरूलाई कानूनी दायरामा प्रस्तुत गरेका छन्।
अभियोजकहरूको भनाइमा, यी आरोपहरू द्दण्द्दण् को चुनावमा जॉर्जियामा ट्रम्पको हारलाई उल्टाउने उद्देश्यले गरिएको षड्यन्त्रसँग सम्बन्धित छन्।
अभियोजकहरूले दाबी गरेका छन् कि ट्रम्प र उनका सहयोगीहरूले चुनावी नतिजा परिवर्तन गर्नका लागि असंवैधानिक प्रयास गरेका थिए र जालसाजीका कागजात तयार पारेका थिए।
अभियोजकहरूले थपेका छन् कि आरोपित व्यक्तिहरूको क्रियाकलापले चुनावी प्रक्रिया र लोकतन्त्रलाई गम्भीर चुनौती दिएको छ। ट्रम्प र उनका सहयोगीहरूले यस आरोपलाई राजनीतिक द्वेष र गैरकानूनी दखलको परिणाम मानिरहेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया