बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन वेस्ली रूथका रूपमा गराइएको छ। अमेरिकी सेक्रेट सर्भिसले रूथमाथि गोली प्रहार गरेपछि ऊ हतियार छोडेर एसयूभीमा भागेको थियो । पछि, उसलाई छिमेकी काउन्टीमा हिरासतमा लिइइएको छ ।
हत्या प्रयास गर्ने रूथ हवाइ राज्यको भएको बताइएको छ । ऊ लामो समयदेखि थुप्रै अपराधिक घटनामा संलग्न भएको पनि बताइएको छ ।
२०१६ मा ट्रम्पलाई मतदान गरेको रूथ ट्रम्पले केही नगरेको भनेर रूष्ट थिए । र, उनले यो चुनावमा ट्रम्प हारेको देख्न चाहेका थिए ।
राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवारको यो दोस्रो हत्या प्रयास हो । ६४ दिनअघि पेन्सेल्भेनियाको बटलरमा उनीमाथि गोली प्रहार गरी हत्या प्रयास गरिएको थियो ।
ट्रम्पको यो हत्या प्रयासलाई लिएर अमेरिका स्तव्ध भएको छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प सकुशल रहेको सन्तोष व्यक्त गर्ने अत्या प्रयासको कडा शव्दमा भत्सर्ना गरेका छन् । उनीहरूले अमेरिकामा राजनीतिक हिंसाकाको लागि पटक्कै ठाउँ नभएको बताएका छन् ।
ट्रम्प समर्थकहरूले भने यो घटनापछि थप चिन्ता व्यक्त गर्दै थप सुरक्षाको माग गरेका छन् ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया