प्रदीप भट्टराई
अमेरिकाले नेपाललाई ट्राभल एड्भाइजरीको लेभल २ मा राखेको छ। अमेरिकी नागरिकलाई नेपाल यात्रा गर्दा अपनाउनुपर्ने जोखिमका सूचकहरूको आवधिक समीक्षा गरी नेपाललाई लेभल २ मा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यु श्रेणीको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेकोले सावधानीको श्रेणी बढाइएको जनाएको छ। ट्राभल एड्भाइजरीमा शान्तिपूर्ण राजनीतिक प्रदर्शन कहिलेकाहीं हिंसामा परिणत हुँदा सुरक्षा अधिकारीहरूले बल प्रयोग गर्न सक्नेतर्फ चनाखो हुन पनि सुझाइएको छ।
यसैगरी पदयात्रामा एक्लै नजान र नेपालका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र ट्रेकर्सलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्न पनि सुझाव दिइएको छ।
अमेरिकाले २०२३ को जुन २३ पछि पहिलोपटक नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको हो । यसअघि ई श्रेणीको ट्राभल एडभाइजरी प्रयोग भैरहेकोमा यसपटक त्यसमा सावधानीको लेभल बढाएर यु श्रेणी बनाइएको छ।
अमेरिकाले विभिन्न देशको अवस्थालाई हेरेर चार तहको ट्राभल एड्भाइजरी जारी गर्दैआएको छ। ट्राभल एड्भाइजरी अमेरिकी नागरिकले त्यो देश भ्रमण गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड हो।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया