प्रदीप भट्टराई
अमेरिकाको अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) पठाउन योग्य देशको सूचीमा यस वर्ष पनि नेपाल परेन। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेडरल रजिष्टरमा प्रकाशित गरेको ८९ देशको सूचीमा नेपालको नाम समावेश छैन।
अमेरिकाले हरेक वर्ष ६६ हजार कृषि कामदारलाई अस्थायी रूपमा ल्याउन एच टु ए भिसा जारी गर्दैआएको छ । त्यसका अतिरिक्त मागका आधारमा गैरकृषि कामदारका लागि एच टु बी भिसा पनि उलपव्ध गराउँने गर्छ। सन् २०२४ मा गैरकृषि कामदारका लागि दिइने एच टु बी भिसाको संख्या ६५ हजार तोकिएको छ।
यसअघि ८८ देशका कृषकहरू निश्चित समयका लागि अमेरिका आएर मोटो रकम जोगाएर फर्किने गर्थे। यसपटक त्यो सूचीमा बोलिभियालाई थपेर ८९ बनाइएको छ। यद्यपि, कृषिप्रधान देश नेपाल भने त्यो कार्यक्रमका लागि योग्य नै भएन।
नेपाल सूचीमा नभए पनि दर्ता गर्न प्रयास गरे त्यसको सम्भावना यथावत् रहेको देखिन्छ। त्यसका लागि तीन उपाय रहेको अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक अधिकारी बताउँछन् । उनका अनुसार नेपाल सरकारले अनुरोध गर्न सक्छ, रोजगारदाताले अनुरोध गर्न सक्छन् र यसबारे रुची राख्ने अन्य समुहले पनि अनुरोध गर्न सक्छन् । यसरी गरिएका अनुरोधलाई स्वीकार गर्ने अस्वीकार गर्ने निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी हो।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका ती अधिकारीले भन्छन्, ' अहिलेसम्म नेपाललाई अस्थायी कृषि तथा गैरकृषि कामदार भिसा पाउँने देशको सूचीमा समावेश गर्न कुनै पक्षले पनि अनुरोध गरेको छैन।'
नेपाल सरकार भने विभिन्न देशसँग कामदार पठाउने सम्झौता भटाभट गर्दैआएको छ। यद्यपि, अमेरिकातिर भने उसको ध्यान गएको देखिदैन।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया