बिएल संवाददाता
अमेरिकामा ट्रम्प.२ सुरू भएको छ । ४७औं राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकामा ट्रम्प. २ सुरू भएको हो ।
ट्रम्प.२ को पहिलो दिन मौसम चिसो भए पनि राजनीतिक मौसम ह्वात्तै तातेको छ । सपथ ग्रहण समारोहमा ट्रम्पले गरेका केही घोषणाहरूसँगै राजनीतिक मौसम तातेको हो । उनले अमेरिकामा स्वर्ण युगको सुरूवात भएको भन्दै मेक्सिको सिमामा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् ।
उनले बाइडेनले जारी गरेका सबै ७८ कार्यकारी आदेश खारेज गर्ने घोषणा गर्दै अरू दुईसय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताएका छन् । उनले नौ वटा कार्यकारी आदेश क्यापिटल एरिनाबाटै जारी गरे भने बाँकि ओभल अफिसबाट जारी गर्ने बताए । उनले आज नै अरू सबै कार्यकारी आदेश जारी हुने पनि बताए ।
चिसो मौसमका कारण क्यापिटल एरिनामा विजयी सभा आयोजना गरिएको थियो । उनले विजयी सभालाई अमेरिका स्वतन्त्रताको कार्यक्रम भने ।
ट्रम्प. २ लाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ । ट्रम्प समर्थकहरूमा उत्साह र उमंग छाएको छ भने विरोधीहरूमा निराशा, हतासा र भय छाएको छ । उनको आगमनसँगै ब्राउन कलर आप्रवासीहरूमा भने भयको वातावरण छ ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया