बिएल संवाददाता
अमेरिकामा ट्रम्प.२ सुरू भएको छ । ४७औं राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकामा ट्रम्प. २ सुरू भएको हो ।
ट्रम्प.२ को पहिलो दिन मौसम चिसो भए पनि राजनीतिक मौसम ह्वात्तै तातेको छ । सपथ ग्रहण समारोहमा ट्रम्पले गरेका केही घोषणाहरूसँगै राजनीतिक मौसम तातेको हो । उनले अमेरिकामा स्वर्ण युगको सुरूवात भएको भन्दै मेक्सिको सिमामा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् ।
उनले बाइडेनले जारी गरेका सबै ७८ कार्यकारी आदेश खारेज गर्ने घोषणा गर्दै अरू दुईसय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताएका छन् । उनले नौ वटा कार्यकारी आदेश क्यापिटल एरिनाबाटै जारी गरे भने बाँकि ओभल अफिसबाट जारी गर्ने बताए । उनले आज नै अरू सबै कार्यकारी आदेश जारी हुने पनि बताए ।
चिसो मौसमका कारण क्यापिटल एरिनामा विजयी सभा आयोजना गरिएको थियो । उनले विजयी सभालाई अमेरिका स्वतन्त्रताको कार्यक्रम भने ।
ट्रम्प. २ लाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ । ट्रम्प समर्थकहरूमा उत्साह र उमंग छाएको छ भने विरोधीहरूमा निराशा, हतासा र भय छाएको छ । उनको आगमनसँगै ब्राउन कलर आप्रवासीहरूमा भने भयको वातावरण छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया