आइतबार, २९ नोभेम्बर २०२६

देउवाको दाबीः कांग्रेसको सभापति मै हुँ

News Image
• • •

— टेकराज केसी

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने दाबी गरेका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समूहको प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका हुन्।

उनले भने, ‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा विचाराधिन रहेको मुद्धामा धेरै बहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु। अहिले कांग्रेसको सभापति म नै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ।’

साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए।

न्यायालयप्रति विश्वास रहेको भन्दै पार्टीको आधिकारिकता आफूहरूले पाउने बताए।

उनले देशका जनता र कांग्रेस पार्टीले आफूलाई पाँचपटकसम्म प्रधानमन्त्री बनाएको बताउँदै अब आफूलाई केही नचाहिएको बताए।

उनले भने, ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्यो, अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री।’

देउवा समुहले कर्णालीको सभापति पनि निर्विरोध निर्वाचित गर्ने बताएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!