बिएल संवाददाता
यो सातादेखि क्रिसमसको रौनक बढिरहेको छ। विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने तयारी गरिरहेका छन्।
यता चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमोमा गएकाे भूकम्पले पुर्याएकाे धनजनकाे क्षतिले पनि विश्वलाई स्तब्ध बनाएकाे छ।
आज हामीले क्रिसमसको रौनकदेखि विश्वका विभिन्न ठाउँमा खिचिएको फोटो देखाउँदै छौँ।
प्रस्तुत छ विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले कैद गरेका केही उत्कृष्ट तस्बिरहरू:
१. आइसल्याण्डको सिलिन्गारफेलस्थित ग्रिन्डाविकको उत्तरमा ज्वालामुखी विस्फोट हुँदा निस्केको लाभाको ड्रोन तस्बिर

२. सान्टा रन १० किलोमिटर दौडपछि क्रिसमस टोपी लगाएका धावकहरू फिनिश लाइनको अन्त्यमा फोममा खेल्दै काराकास, भेनेजुएलामा

३. चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा गएको भूकम्पपछिको काङ्दियाओ गाउँमा उद्धारकर्मीहरूले खोजी र उद्धार कार्य गर्दै

४. ग्रान्ड नहरको छेउमा क्रिसमस रेगाटाको समयमा सान्टा क्लजको लुगा लगाएका मान्छेहरु भेनिस, इटालीमा

५. थाइल्याण्ड र मलेसिया सीमानाबाट बरामद गरिएको एक ओराङ्गुटान, थाइल्याण्डकाे बैंककस्थित सुवर्णभूमि विमानस्थलमा इन्डोनेसियामा स्थानान्तरण गर्नुअघि पिंजराबाट हेर्दै

६. भिल्लारिका ज्वालामुखीबाट निस्केको आगो पुकोन चिलीमा

७. इजरायल र हमासको द्वन्द्वको कारण खाना आपूर्तिको अभावको बीचमा प्यालेस्टिनी बच्चाहरू समाजसेवीहरुले प्रदान गरेको खाना लिन लाइन बस्दै दक्षिणी गाजा पट्टीको रफाहमा

८. अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो गृह राज्य डेलाबयरको भ्रमणमा रहँदा एक शंकास्पद गाडीलाई तलासी लिँदै सुरक्षाकर्मी विल्मिंगटन, डेलाबयर अमेरिकामा

९. सान्टा क्लजको लुगा लगाएको एक व्यक्ति आफ्नो सेल्फी लिँदै इटालीको रोममा

१०. पेरिस, फ्रान्सको एक स्टुडियोमा योग कक्षाको समय गोल्डेन रिट्रिभर जातका कुकुरहरू

११. ब्राजिलको सान्टा क्याटरिना राज्यको फ्लोरिआनोपोलिस नजिकै पेनिटेन्शियरी कम्प्लेक्स होङ्कको वरिपरि गस्ती गर्दै तालिम प्राप्त हाँसहरु

१२. क्यालिफोर्नियाको सान्टा मोनिकामा आयोजना भएको आइस बाथमा स्पीड डेटमा सहभागी हुँदै लस एन्जलसका इलिन फेलिक्स र भर्जिनियाको क्यामरन किथ

१३. बेलायतको नट्सफोर्डको एल्डीको छतमा सान्टाको स्लेह र रेन्डियर पार्किङ ठाउँ चित्रित गरिएको देखिन्छ

१४. बच्चाहरूलाई खेलौना दिन बेलिज ब्रिजबाट तल हावामा झर्दै दमकलकर्मीहरु ग्वाटेमाला सिटी, ग्वाटेमालामा

१५. ३१ वर्षीया इर्मा योलानी क्रुज उनका श्रीमान् ३२ वर्षीया जेमी एरियल रापालो आफ्ना सन्तानसहित अमेरिका र मेक्सिको सिमामा रहेको रियो ग्रान्ड नदी पार गरेर अमेरिकातर्फ आउँदै

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया