बिएल संवाददाता
युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ। भने, १५० भन्दा बढी घाइते भएका छन्।
राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ। यी १७ मृत्युमध्ये, दुई बाल अस्पतालमा भएको थियो। निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ। आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो। बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन्। जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ। जेलेन्स्कीले किभ र स्लोभियान्स्कलगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए।
यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ। धुवाँको बादल किभ शहर भर देख्न सकिन्छ।
जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिँदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन्।
- एजेन्सी
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया