बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन् ।
सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएको छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
गोली कसले प्रहार गरेको थाहा भएको छैन र अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन ।
गोली प्रहारको बारेमा विभिन्न अड्कलबाजीहरू सुरू भएका छन् । केअी अति ट्रम्पवाली रिपब्लिकनहरूले यो घटनाका लागि डेमोक्रेटिक पार्टी जिम्मेवार रहेको आरोप लगाइसकेका छन् । उता, डेमोक्रेटिक पार्टीले भने कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन । तर, केही ट्रम्प विरोधीहरूले भने यो चुनावी हत्कण्डा भएको बताउँदै सहानुभूतिका लागि ट्रम्पवादीहरूले नै यो द्दटना द्दटाएको हुनसक्ने बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनलाई घटनाका बारेमा जानकारी दिइएको छ । तर, यो समाचार लेखिरहेको बेलासम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
रिपब्लिकन पार्टीका राष्ट्पतिका उम्मेद्वार ट्रम्पमाथि भएको यो गोली प्रहारले अमेरिकी राजनीतिमा नया तरंग ल्याएको छ ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया