
बिएल संवाददाता
थाई नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसित हालै भेटवार्ता गरेको छ।
थाई नेपाली संघका संरक्षक कुमार कार्की नेतृत्वको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवलाई भेटेरै ‘पिपुल अफ नेपाली अरिजन’ परिचयपत्र उपलव्ध गराउन आग्रह गरेको छ।
थाइल्याण्डमा झण्डै ९० हजार नेपालीभाषी बसोबास गर्छन्। अहिले त्यहाँ बसोबास गर्ने नेपाली दोस्रो विश्व युद्धताका म्यानमार हुँदै पुगेकाहरुको चौथो पुस्ता हुन्।
नेपालीभाषीहरू थाइल्याण्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन्। उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन्। त्यहाँका नेपालीभाषीले नेपालसँगको नाता टुटाउन नचाहेको देखिन्छ।
नेपालमा नागरिकताको चलन नहुँदै प्रवासमा गएका म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीले नेपाल सरकारसँग ‘पिपुल अफ नेपाली अरिजन’ अर्थात् पीएनओ कार्ड उपलब्ध गराउन आग्रह गर्दै आएका छन्।
नेपाल सरकारले आफूहरूलाई एनआरएनए कार्डमार्फत् नेपाली परिचय दिनुपर्ने थाई नेपाली संघका संरक्षक कुमार कार्कीको भनाई छ।
‘सरकारलाई हाम्रो आग्रह छ– नेपालले हामीहरूलाई पीएनओ कार्ड देओस्, म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीको नागरिकतामा अहिलेपनि नेपाली वा गोर्खा लेखिएको छ। नेपाल सरकारले हामीलाई नेपालीमूलका मानिसको परिचय दिनुपर्छ,’ उनले भने।
नेपालीमूलकाे परिचयपत्र नहुँदा नेपाल–थाई आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको थाई नेपालीहरूकाे गुनासो छ। नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउन परिचयपत्र आवश्यक भएको संरक्षक कार्कीले बताएका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया