एजेन्सी
इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरूको खोजीकार्य जारी छ। दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए।
बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ।
इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बिहीबार साँझ रात परेका कारण खोज तथा उद्धार कार्य स्थगित गरिएको र शुक्रबारबाट पुनः सुरु गरिएको बताए।
जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ, २४ जना अझै बेपत्ता छन् र ३५ जना बाँचेका छन्। आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया