बिएल संवाददाता
अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले बुधबार अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ।
'अमेरिकाले धम्की र प्रक्षेपणको भाषा बन्द गर्नुपर्छ र राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्नुपर्छ', आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले भने, 'धम्कीप्रति इरानको प्रतिक्रिया निर्णायक र तत्काल छ।'
आइतबार ड्रोन आक्रमणमा अमेरिकी सैनिकहरूको हत्या अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो।
‘कट्टरपन्थी इरान समर्थित आतङ्कवादी समूह’ लाई दोषी ठहर गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले प्रतिक्रियाप्रति निर्णय लिएको तर मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिए।
ह्वाइट हाउसले चेतावनी दिँदै आक्रमणको प्रतिशोधमा ‘धेरै कारवाही’ गर्न सकिने बताएको छ। यद्यपि उसले थप विवरण केही दिएको छैन।
आइआरएनएको रिपोर्टअनुसार बुधबार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख जनरल होसेन सलामीले अमेरिकी अधिकारीहरूको धम्कीहरू ‘अनुत्तरित नहुने’ बताए। “हामी युद्धको खोजीमा छैनौँ तर युद्धसँग डराउँदैनौँ”, उनले भने।
इरानले अमेरिकी सैनिकहरूमाथि आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको ‘विस्तार’ नचाहेको बताएको छ। इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ।
इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया