बिएल संवाददाता
उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ।
शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटनाभएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्।
दुर्घटनामा सात जना सामान्य घाइते भएका छन् भने अन्य ६ जना गम्भीर घाइते भएका छन्। पहिरोले एउटा घर, पाँचवटा मिनीबस, एउटा लजिस्टिक ट्रक र केही मोटरसाइकलमा पनि क्षति पुर्याएको बताइएको छ। आइतबार बिहानैदेखि पहिरोको भग्नावशेषलाई पन्छाएर सडक चालु गरिएको छ।
यसैबीच हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना कम्तीमा फेब्रुअरी ५ सम्म रहने मौसम विज्ञान, जलवायु तथा भू-भौतिकी निकायले चेतावनी दिएको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया