बिएल संवाददाता
दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ।
युएसजिएसले प्रारम्भमा ७.३ म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो, तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ।
उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसांगेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, ‘यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन्।’ भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन।
तीन लाख २० हजार जनसंख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो। यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ। दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो।
नोभेम्बरमा उत्तरी भानुआतुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो। वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया