बिएल संवाददाता
भारतका गृहमन्त्री अमित शाहले छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा गरे।
भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई 'बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी' सुरक्षित बनाउने उनको भनाइ थियो। भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ।
शाहले भारत र म्यान्मारको सीमावर्ती क्षेत्रका मानिसहरूलाई भिसाबिनै एकअर्काको देशमा १६ किलोमिटरसम्म यात्रा गर्न अनुमति दिने एउटा पुरानो सम्झौता खारेज गर्ने विषयमा पनि विचार भइरहेको बताए। छेकबार कसरी र कहिले लगाउने भन्ने चाहिँ उनले खुलाएनन्।
तर सीमामा छेकबार लगाउने काम निकै चुनौतीपूर्ण हने बीबीसीले जनाएकाे छ। केही विज्ञहरूका अनुसार पहाडी भूभागमा छेकबार लगाउन असम्भवप्रायः छ।
म्यान्मारसँग पूर्वोत्तर भारतका अरुणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरम गरी चारवटा राज्यको सीमा जोडिएको छ। सीमामा छेकबार लगाउने कुरा दुइटा ठूला घटनाक्रमका कारण आएको देखिन्छ।
पहिलो, सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूपछि म्यान्मारमा बढेको द्वन्द्वका कारण भारतलाई हानि हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण म्यान्मारबाट झन्डै २० लाख मानिस विस्थापित भएका छन्।
हालैका सातामा म्यान्मारमा विद्रोहीहरूले चिन प्रान्तको महत्त्वपूर्ण नगर पलेट्वा आफ्नो नियन्त्रणमा लिँदा म्यान्मारबाट भारत जाने एउटा मुख्य मार्ग अवरुद्ध भएको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया