बिएल संवाददाता
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।
जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः३५ मा उडेको थियो। जसले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ।
इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो।
२ हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया