बिएल संवाददाता
पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएकाे छ।
पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ।
सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन्।
यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो।
रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भन्नुभयो, “मैले एङ्गामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामुहिक हिंसा हो।
एबीसी न्यूजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बुझिएको छ।
बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एङ्गा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया