
बिएल संवाददाता
पूर्वी भारतको विहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्।
विहारको राजधानी पटनाबाट करिब १३६ किलोमिटर दक्षिणपूर्वमा रहेको लखीसराय जिल्लाको बिहरारुरा गाउँ नजिकै लखिसराई–सिकन्द्र राजमार्गमा सो दुर्घटना भएको हो।
‘आज बिहान सबेरै विपरित दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा मरेकाहरू विवाह समारोहम सरिक भएर घर फर्किदै थिए।
मध्यरातको समयमा सडकमा चहलपहल कम भएकाले दुवै सवारी साधन तीव्र गतिमा गुडिरहेको हुन सक्ने प्रहरीले जनाएको छ।
ठक्करबाट अटोरिक्सा पूर्णरूपमा चकनाचुर भएको छ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया