बिएल संवाददाता
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ। भने, १२३ जना घाइते भएका छन्। पछिल्लो गाजा युद्ध शुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६ पुगेको छ। भने, ६९ हजार ७३७ घाइते भएका छन्।
गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएअनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार यसका टोलीले दक्षिणी गाजा पट्टीमा रहेको खान युनिस शहरको नासेर मेडिकल अस्पतालबाट १८ जना घाइतेहरूलाई बाहिर निकालेको उल्लेख गरेको छ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया