बिएल संवाददाता
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ। भने, १२३ जना घाइते भएका छन्। पछिल्लो गाजा युद्ध शुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६ पुगेको छ। भने, ६९ हजार ७३७ घाइते भएका छन्।
गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएअनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार यसका टोलीले दक्षिणी गाजा पट्टीमा रहेको खान युनिस शहरको नासेर मेडिकल अस्पतालबाट १८ जना घाइतेहरूलाई बाहिर निकालेको उल्लेख गरेको छ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया