बिएल संवाददाता
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो। मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए।
आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आसपासका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ।
आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया