बिएल संवाददाता
क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ। प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन्।
क्युबेकको बाइ–कोमोमा मजदुर वर्गको परिवारमा जन्मेका मुलरोनीले राजनीति विज्ञानका विद्यार्थीका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। कन्जरभेटिभ राजनीतिमा उनको प्रारम्भिक संलग्नतामा प्रधानमन्त्री जोन डिफेन बेकरको सल्लाहकारको रूपमा उनको सेवा सुरु भएको थियो।
सन् १९७६ मा सङघीय प्रगतिशील कन्जर्भेटिभ नेता बन्ने आफ्नो प्रारम्भिक प्रयासमा पराजयको सामना गर्नुपरेको थियो। प्ररम्भिकि यात्रामा जो क्लार्कसँग हारेका मुलरोनीले हारबाट पाठ सिक्दै राजनीतिमा नै रहने दृढता व्यक्त गरेको सिटिभीले जनाएको छ।
सन् १९८४ को संघीय अभियानको विजयले क्यानाडाको १८ औँ प्रधानमन्त्रीको रूपमा मुलरोनीको स्थान सुरक्षित बनाएको थियो। मुलरोनीको नौ वर्षको प्रधानमन्त्री कार्यकाल शक्ति र विभाजन दुवैको विशेषता थियो। उनले मिच लेक र शार्लटटाउन एकोर्डजस्ता पहलहरूमार्फत क्युबेकलाई संवैधानिक तहमा ल्याउन महत्वपूर्ण प्रयासहरू गरे। यद्यपि दुवै प्रयास असफल भएका थिए।
विश्वव्यापी मञ्चमा, मुलरोनीले रङ्गभेदको सक्रिय रूपमा विरोध गर्दै क्यानाडाको अन्तर्राष्ट्रिय प्रभाव बढाएका थिए। उनले रङ्गभेदविरोधी अभियान अन्तर्गत दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका थिए।
मुलरोनीको विरासतलाई प्रतिबिम्बित गर्दै, पूर्व कूटनीतिज्ञ र मुलरोनीका चिफ अफ स्टाफ डेरेक बर्नीले मुलरोनीले अपनाएका केही कडा निर्णयहरूबारे पुनरावलोकन गरेका थिए।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया