बिएल संवाददाता
गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताएका छन्।
गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध्र प्रदेशमा उक्त दुर्घटना भएको थियो।
रेलमन्त्री अश्विनी वैष्णवलाई उद्धृत गर्दै भारतीय समाचार संस्था (पीटीआई) ले लेखेको छ, 'आन्ध्र प्रदेशमा भएको पछिल्लो रेल दुर्घटना चालकहरूले क्रिकेट खेल हेर्दै गर्दा विचलित भएका कारण भएको हो।'
उनले भने, 'अब भारतले कुनै पनि विचलन पत्ता लगाउन सक्ने प्रणालीहरू स्थापना गर्नेछ। नयाँ प्रविधिले चालकहरूलाई आफ्नो जिम्मेवारीबाट अन्यत्र ध्यान मोडेको खण्डमा उनीहरूको सवारीतर्फ ध्यान केन्द्रित गर्नेछ।'
क्रिकेटका लागि ‘क्रेजी’ भारतका करोडौं शुभचिन्तकहरूले अक्टोबरमा सम्पन्न विश्वकप खेलको प्रत्यक्ष प्रशारण हेरेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार गत महिना एक मालबाहक रेलले चालकबिना ७० किलोमिटर (४० माइल) यात्रा गरेको पुष्टि भएपछि अधिकारीहरूले स्टेशन मास्टर र अन्य तीन कर्मचारीलाई बर्खास्त गरेका थिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया