बिएल संवाददाता
लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ।
दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजराइली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा सूत्रले बतायो।
दुई अलगअलग इजराइली आक्रमणमा चार हिजबुल्लाह लडाकू मारिएको सूत्रले उल्लेख गरेको छ। दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजराइली आक्रमणमा पिआइजेका दुई सदस्यको मृत्यु भएको थियो।
सैन्य सूत्रका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजराइलले बमबारी गरेको छ।
यसैबीच आफ्ना लडाकूले इजराइलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हिजबुल्लाहले बताएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया