
बिएल संवाददाता
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ।
उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन्। विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताए।
गत बिहीबार भारी बर्सातसँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए। उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्को चेतावनी जारी गरेको छ।
‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हुँदा आकस्मिक बाढी र पहिरो जाने गर्छ। उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया