आइतबार, ११ जनवरी २०२६

पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ घाइते

बिएल संवाददाता

बिएल संवाददाता

पाकिस्तान
News Image
• • •

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ  भने २ जना गम्भीर घाइते भएका छन्।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएकाे छ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको जानकारी दिएकाे छ।

मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताएका छन्। 

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!