बिएल संवाददाता
जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विष्फोट भएकाे छ। रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट भएकाे हाे।
सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ। काइरोस बुधबार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर, यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन।
कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो। कतिपय ठाउँमा आगलागी पनि देखिएको छ। खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन। यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो।
यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ।
‘स्पेस वन’को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ। कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया